प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
वैशाख २०७९
नवलपरासी पूर्व: लागूऔषध र सामाग्री सहित मानिस नियन्त्रणमा
२०७९-०१-१९

जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलमा खटिएको प्रहरीको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका जिल्ला ललितपुर ललितपुर उप-महानगरपालिका १४ बस्ने बर्ष २३ को अमिर थापा र ऐ. बस्ने बर्ष २३ को मनोज वाईबाको साथबाट निम्न अनुसारको लागूऔषध सहित निम्न सामानहरु फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-(१) स्पास्मो २६ ट्याब्लेट, (२) नाईट्रोसन १४ ट्याब्लेट, (३) स्पास्पेन ३ ट्याब्लेट, (४) नगद रू.१,१८,७७०।- (एक लाख अठार हजार सात सय सत्तरी), (५) मोबाईल ५ थान (सामसुङ ३,आइफोन १, रेडमी १), (६) ल्यापटप १ थान, (७) चाँदीको जन्तर १ थान ।

कास्की: सवारी दुर्घटना
२०७९-०१-१८

कास्की अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा ग १८ प ८१९१ नं. को मो.सा. र ग २ च ३५२५ नं. को कार एक आपसमा ठक्कर खाँदा निम्न मानिस घाईते भई उपचारको लागी मेट्रोसिटी अस्पतालमा पठाएको, उक्त स्थानमा प्रहरी टोलि खटिई गएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा कार चालक फरार खोज तलास कार्य भईरहेको। निम्न:-१. मो.सा. चालक:- जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने बर्ष ४५ को जित बहादुर पुन, अवस्था शिरियस ।२. मो.सा. पछाडी सवार:- जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने जित बहादुर पुनको छोरी बर्ष १८ की सुविना पुन मेट्रोसिटी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।

तनहुँ: झुण्डि मृत्यु
२०७९-०१-१२

जिल्ला तनहुँ भिमाद नगरपालिका ६ जलौदी सिम्बोट स्थितमा ऐ.बस्ने राजकुमार मल्लको श्रीमती बर्ष ३६ की ज्योति मल्ल आफ्नै घरको काठको बलोमा घाँटिमा नाईलनको डोरीको पासो लगाएको र उक्त पासो काटी भुईमा लडेको अवस्थामा शव रहेको र मृतकको हातमा चक्कु समेत रहेको अवस्थामा निजकै छोरी बर्ष १३ की रोजी मल्लले देखेको भनि खबर प्राप्त हुनसाथ प्रहरी टोली खटी गई बुझ्दा बेलुका मृतक सङ्गै जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ५ छाङपाटन बस्ने बर्ष ३४ को दुर्गा क्षेत्री समेत संगै रहेको र हाल दुर्गा क्षेत्री फरार रहेको खोज तलास कार्य भईरहेको, मृतको श्रीमान बैदेशिक रोजगारको लागि मलेशिया रहेको, थप अनुसन्धान कार्य भईरहेको । 

नवलपरासी पूर्व: सवारी दुर्घटना
२०७९-०१-११

जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ५ बसेनी स्थित भित्री सडक खण्डमा डण्डाबाट हुप्सेकोट तर्फ जादै गरेको लु१ज २०६३ नं.को बलेरो सडक देखी अन्दाजी २५ मिटर तल खस्न जाँदा जिपमा सवार १५ जना मध्य निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, जिप घटनास्थलमा, चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्न घाईतेहरु:-१. जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ५ बसेनी बस्ने वर्ष ९ को धन बहादुर रजाली, अवस्था गम्भिर सामान्य उपचार पश्चात भरतपुर रिफर ।२. ऐ बस्ने वर्ष ५०की दर्शना सोती, अवस्था मध्यम ।३. ऐ.बस्ने वर्ष ४६ की सुमित्रा सोती, अवस्था मध्यम ।४. ऐ.बस्ने वर्ष ३५ की लालमाया रजाली, अवस्था मध्यम ।५. ऐ.बस्ने ४१ को मेख ब.आले, अवस्था मध्यम ।६. ऐ.बस्ने वर्ष ६८ को जग ब.सोमै, अवस्था मध्यम ।७. ऐ.बस्ने वर्ष ६८ को तिलिसरा सोती, अवस्था मध्यम ।८. ऐ.बस्ने वर्ष ३५ की लालसरी ठाडा, अवस्था सामान्य ।९. ऐ.बस्ने वर्ष ५० की ऐदी सवरा रजाली, अवस्था सामान्य ।१०. ऐ.बस्ने वर्ष ५९ को यम ब.सोमै, अवस्था सामान्य ।११.ऐ.बस्ने वर्ष ४ को जिवन सोती, अवस्था सामान्य ।१२.ऐ.बस्ने वर्ष ६० की डिलमाया ठाडा मगर, अवस्था सामान्य ।

कास्की: सवारी दुर्घटना
२०७९-०१-१०

जिल्ला कास्की पोखरा-२४ कास्कीकोट स्थित नौडाँडाबाट पोखरा तर्फ आँउदै गरेको ग१०प४५८८ नं. को स्कुटर र विपरित दिशाबाट जाँदै गरेको ग१९प१३५६ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाईएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा ।निम्न :-१) ग१०प४५८८ नं.को स्कुटर चालक पोखरा-२४ बस्ने वर्ष-१५ को उज्वल नेपाली, अवस्था मध्यम ।२) पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष-१४ को दिवस वास्ताकोटी, अवस्था मध्यम ।३) ग१९प१३५६ नं.को स्कुटर चालक पोखरा-१७ महतगौडा बस्ने वर्ष-४० को दिपक आचार्य, अवस्था मध्यम ।

तनहुँ: सवारी दुर्घटना
२०७९-०१-०६

जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका ५ स्थित पृथ्बिराजमार्गमा डुम्रेबाट आबुँखैरेनि तर्फ जादै गरेको बा ४ ख ५०५५ नं.को माईक्रो र बिपरित दिशाबाट आउदै गरेको ध२ प ९१ नं.को मो.सा. एकआपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागि निम्न अस्पताल लगेको, मो.सा., माईक्रो, माईक्रो चालक प्रहरीको नियन्त्रणमा रहेको । निम्न:-१. मो.सा. चालक- जिल्ला बागलुङ जैमिनि नगरपालिका ९ बस्ने वर्ष २१ को अजय बहादुर थापा, अवस्था मध्यम, (पोखरा ग्यालेक्सी अस्पतालमा उपचार भईरहेको)२. पछाडि सवार- ऐ. बस्ने वर्ष २२ की निर्मला नेपाली, अवस्था सामान्य (लक्ष्मी अस्पताल डुम्रेमा उपचार पश्चात डिस्चार्ज)

नवलपरासी पूर्व: सवारी दुर्घटना
२०७९-०१-०१

जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका १ मदनपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदैँ गरेको ग.प्र.०४-००१ प ३४२० नं.को मो.सा.आफै अनियन्त्रित भई पल्टदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको, घटना स्थलमा प्रहरी टोली खटि गएको ।निम्नः-१.मो.सा.चालक जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका ५ बस्ने बर्ष २८ को जित नारायण महत्तो, अवस्था गम्भिर ।२.मो.सा.मा सवार ऐ.बस्ने बर्ष २१ को राजन महत्तो, अवस्था सामान्य ।३.मो.सा.मा सवार ऐ.बस्ने बर्ष १९ को बिष्णु क्षेत्री, अवस्था मध्यम ।

अधिक लोड >>
कम देखाउनुहोस् <<